स्वास्थ्यमन्त्री बस्नेतले लिए राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपालभ्युज

स्वास्थ्यमन्त्री बस्नेतले लिए राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी
फाइल फोटो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मुटुमा समस्या आएपछि मंगलबार बिहान बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना  भएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे मंगलबार साँझ जानकारी लिएका हुन् ।

मन्त्री बस्नेतले अस्पताल प्रशासनसँग राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले  जानकारी दिए । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved