एयर होस्टेस बन्न चाहने किशोरीलाई क्याप्टेन लामाले सुनाए आफ्ना अनुभव

नेपालभ्युज

एयर होस्टेस बन्न चाहने किशोरीलाई क्याप्टेन लामाले सुनाए आफ्ना अनुभव

काठमाण्डौं । क्याप्टेन विजय लामाले हवाई उड्यन क्षेत्रका आफ्ना अनुभव एयर होस्टेस पढन चाहने किशोरीमाझ बाँडेका छन् । उनका अनुभव सुनेर किशोरी उत्साहित बनेका छन् ।

नेपाल एअरहोस्टेस एकेडेमीले आयोजना गरेको निःशुल्क सेमिनारमा क्याप्टेन लामाले सहभागीहरुलाई आफ्नो अनुभव सुनाएका थिए । उक्त कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्यले व्यक्तित्व विकासको तालिम दिएका थिए ।

करिब ७० जना किशोरीमाझ क्याप्टेन लामाले आफ्नो हवाई उडानको अनुभव सुनाउँदै जीवनमा डर हुने भए पनि त्यसलाई जितेर अघि बढ्नुपर्ने बताए । सेमिनारमा चलचित्र “अन्तिम संस्कार”को टिम पनि सहभागी थियो । उक्त चलचित्रमा लामा पनि प्रमुख भूमिकामा छन् ।

नेपाल एयर होस्टेस एकेडेमीले विगत १० वर्ष देखि तालिम दिनुका साथै सयौं युवा युवतीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान कम्पनीमा रोजगारीका लागि सहजिकरण गरेको छ ।  दश जोड दुइ अध्ययनरत युवा युवतीले यो विषयमा ५ महिना अध्ययन गरेर रोजगारीको लागि आवेदन दिन सक्नेछन ।

कार्यक्रममा सहभागी एयरहोस्टेस अध्ययन गर्न चाहने किशोरीहरुले सेमिनारबाट हवाईउड्यन क्षेत्रबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved