नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित ३ जनाको बयान सुरु

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित ३ जनाको बयान सुरु

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३ जनाको बयान सुरु भएको छ। काठमाडौं जिल्ला अदालतमा बिहीबार उनीहरूको बयान लिन सुरु गरिएको हो।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा र हज समिति अध्यक्ष शमशेर मियाँको बयान सुरु भएको हो । पूर्व उपप्रधानमन्त्री रहेका रायमाझी नेकपा एमालेका निलम्बित सचिव हुन् भने शेर्पा कांग्रेसका पूर्व सांसद र मिया हज समिति अध्यक्ष हुन्। यो प्रकरणमा पक्राउ परेका मध्य रायमाझी उपल्लो तहका भीआईपी हुन्। उनी नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकार रहेको प्रहरी दाबी छ।

यस्तै, पूर्व सांसद शेर्पा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । उनले पक्राउ परेका बिचौलियासँग हिरासतमै भेटेर बयान फेर्न दबाब दिएको आरोप छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्य अब पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको बयान बाँकी छ।

यो प्रकरणमा १७ जना पक्राउ परेका छन् । अन्य १३ जना आरोपित अझै फरार रहेको प्रहरीले जनाएको छ । यसअघि १२ जनाको बयान सकिएको छ। आज ३ सहित अब बयान दिन पाँचजना मात्र बाँकी छन्। त्यसमध्ये रायमाझी, शेर्पा र मियाको आज बयान लिइँदै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved