टीभीएसको च्याम्पियन अफ टेक्नोलोजी अफर अब ३ दिन मात्र बाँकी

नेपालभ्युज

टीभीएसको च्याम्पियन अफ टेक्नोलोजी अफर अब ३ दिन मात्र बाँकी

काठमाडौं। नेपालमा टीभीएसका दुईपाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब ३ दिन मात्र बाँकी रहेको छ ।

नयाँ वर्ष२०८० को अवसरअन्तर्गत टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा ८ हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट, र अपाचे बाइकको खरिदमा ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ ।

त्यसका साथै 0 प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफरमार्फत आफ्ना प्रयोगकर्तालाई उपलब्ध छ ।

सीमित अवधिका लागि लागू भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब भने अन्त्य हुने भएको छ र यस अफरको फाइदा उठाउनका निम्ति प्रयोगकर्ता सँग केवल तीन दिन मात्र बाँकी रहने छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चात उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रूपमा स्थापित भएकोछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved