संसदमा मेटमणिको टिप्पणी- नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछि जन्माउने बारेको छलफल

नेपालभ्युज

संसदमा मेटमणिको टिप्पणी- नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछि जन्माउने बारेको छलफल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समयमा प्रस्तुत हुन नसकेको बताएका छन् । शनिवार

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम ढिला गरी प्रस्तुत भएको बताए । उनले नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी प्रस्तुत  हुनुपर्ने समय निर्धारण हुनुपर्ने बताए ।

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछिको छोराछोरी जन्माउने बारेको छलफल जस्तो भएको टिप्पणी गरे । उनले सरकारले आवश्यकता हेरेर बजेट ल्याउनुपर्नेमा जोड दिए ।

‘हामीले फ्रिसँग नेपाली जनता, राष्ट्र, समस्याको विषयमा फ्रिसँग बोल्न पाउनुपर्ने हो । तर आज ठूला मान्यज्युहरुलै बोल्दा मनपरी समय निर्धारण नहुने, सांसदले बोल्दा समय तोक्ने कुरा गलत छ । यसलाई सच्याउनुपर्छ’ उनले भने, ‘आज हामी यो विषयमा छलफल गर्नु भनेको छोराछोरी जन्मिसकेका छन्, आज हामीले छोराछोरी जन्माउने बारेमा छलफल गरिरहेका छौँ, कुन विषय कहिले उठाउने यसमा कन्फर्म गरौँ । नियमावलीमा करेक्शन गरेर भए पनि समय निर्धारण गरौँ ।’

उनले राजश्व नियन्त्रण गर्न नसकेको र मिलिजुली राजश्व छल्ने काम गरिहेको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved