‘यात्री’ दर्तामा फेरि किन समस्या भयो ? सरकारको कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? : गगन थापा

नेपालभ्युज

‘यात्री’ दर्तामा फेरि किन समस्या भयो ? सरकारको कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्वदेशमै निर्मित विद्युतीय सवारी साधनको दर्ता प्रक्रियामा फेरि समस्या आएको भन्दै त्यसको समाधानका लागि माग गरेका छन् ।

आइतबारको संसद् बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भए पनि अहिले फेरि दर्ता प्रक्रियामा समस्या आएको बताए ।

उनले भने, ‘विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीले निर्देशनमा कार्यविधि संशोधन भयो, दर्ता भयो, सरकारको तारिफ पनि भयो । तर अहिले आएर फेरि दर्ता प्रक्रियामा समस्या देखिएको छ,’ थापाले भने, ‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन दर्ता भएन, तर अहिले कानुन भयो, दर्ता भयो तर आफैं ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैंले जरिवाना तिर्नुपर्छ ।’

सरकारको कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? गगनले प्रश्न गरे ।  ‘स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित हुन नदिओस् र आफ्नै नीतिको लाज राखोस्। उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved