सेक्सपछि खुट्टा माथि उठाउँदा गर्भवती भइन्छ ?

नेपालभ्युज

सेक्सपछि खुट्टा माथि उठाउँदा गर्भवती भइन्छ ?

एजेन्सी । त्यस्ता कैयौं जोडी छन् जसले बच्चा जन्माउनका लागि हरेक उपाय गरिरहेका छन् । आइभिएफ, सरोगेसी, वास्तु आदि विभिन्न उपाय अपनाउँदा पनि खुशीको खबर नपाउँदा कैयौं जोडी निरास हुन्छन् ।

जसले गर्दा उनीहरु सामाजिक संजालबाट आउने मिथ्या कुरा समेत विश्वास गर्न थाल्छन् । र त्यसलाई आफ्नो जीवनमा समेत अपनाउन थाल्छन् । त्यस्तै एउटा विषय हो  शारीरिक सम्बन्धपछि महिलाले खुट्टा माथि उठाएर सुत्ने गर्दा गर्भ रहने मान्यता । जो सही छ कि छैन भनेर विशेषज्ञले जानकारी दिएका छन् ।

के सेक्सपछि महिलाले खुट्टा माथि उठाएर सुत्दा गर्भ रहन्छ त ? डाक्टरको जवाफ छ ‘रहँदैन’ । डाक्टरका अनुसार यस्तो कुनै पनि हालतमा हुँदैन । यो पूर्ण रुपमा मिथ्या हो भन्ने अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

मानिसलाई यस्तो लाग्दछ योनीबाट सीमन बाहिर बग्ने गर्दछ जसले गर्दा गर्भ रहने सम्भावना कम हुन्छ । यस्तो अवस्थामा खुट्टा माथि गराउँदा गर्भ रहन्छ । तर यो सही होइन ।

यस्तो अवस्थामा जसरी पनि चुम्बकीय शक्तिले गर्दा सीमन योनीबाट बाहिर नै रहन्छ । गर्भ रहने विषय महिलाको फर्टिलिटी तथा पुरुषको स्पर्म काउन्टमा निर्भर हुन्छ ।

एकपटक सम्बन्ध राख्दा ४० देखि २०० मिलियन स्पर्म बाहिर आउँछन् । यस्तोमा तपाईंलाई खुट्टा माथि उठाएर कुनै ह्याक गर्न आवश्यक पर्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved