नक्कली भुटानी शरणार्थी प्रकरण- यी हुन् अहिलेसम्म पक्राउ परेका १६ आरोपित

यो प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक फरार छन्। आरोपितमाथि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ।

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण-  यी हुन् अहिलेसम्म पक्राउ परेका १६ आरोपित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उपप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन्। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुल गरी ठगी गरेको उजुरीपछि यो प्रकरणमा अनुसन्धान जारी छ।

बिहीबार शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँ पक्राउपरेपछि १६ जना पुगेका छन्।
रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो भने मियाँलाई सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

यो प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक फरार छन्। आरोपितमाथि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ। त्यसपछि सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन अध्ययन गरी प्रक्रिया अगाडि बढाउनेछ।

पक्राउ परेका १६ आरोपितको नामावली–

१, टोपबहादुर रायमाझी – तत्कालीन उपप्रधानमन्त्री
२, बालकृष्ण खाँण – पूर्व गृहमन्त्री
३, टेकनारायण पाण्डे – बहालवाला सचिव  (तत्कालीन गृह सचिव)
४, इन्द्रजित राई – तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार
५, आङटावा शेर्पा – तत्कालीन सभासद्
६, शमशेर मियाँ – नेपाल हज समितिका अध्यक्ष
७, टेकनाथ रिजाल – भुटानी शरणार्थी नेता
८, सन्दीप रायमाझी – तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा
९, नरेन्द्र केसी – पूर्व गृहमन्त्री बालकृष्ण खाँणका पीए
१०, रामशरण केसी – बिचौलिया
११, गोविन्द चौधरी – बिचौलिया
१२, केशव दुलाल – बिचौलिया (तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका पीए)
१३, सानु भण्डारी – बिचौलिया
१४, टंक गुरुङ – बिचौलिया
१५, सन्देश शर्मा पोखरेल – बिचौलिया
१६, सागर थुलुङ – बिचौलिया


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved