‘सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’ (तस्वीरहरू)

उनीहरूले ‘सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’, ‘युवाहरूको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी’लगायतका नाराअङ्कित पर्चाका साथ नाराबाजी गरेका हुन् ।

‘सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’ (तस्वीरहरू)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) समर्थित १९ वटा जनवर्गीय सङ्गठनहरूले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई कुनै पनि बहानामा उन्मुक्ति दिने काम नगर्न सरकारलाई खबरदारी गरेका छन् भने अन्य भ्रष्टाचार काण्डहरूको पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् ।

उनीहरूले ‘सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’, ‘युवाहरूको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी’लगायतका नाराअङ्कित पर्चाका साथ नाराबाजी गरेका हुन् ।

प्रदर्शनमा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा, डा. विजय पौडेलसँगै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीलगायतका नेताहरूको उपस्थिति थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved