टोपबहादुर र बालकृष्णसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

टोपबहादुर र बालकृष्णसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित पक्राउ परेका अभियुक्तलाई प्रहरीले थप ३ दिन हिरासतमा राख्ने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो । अदालतले आरोपीहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ र मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरूकै बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले अन्यलाई पनि पक्राउ गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved