विवाद मिलेसँगै पर्यटक र सर्वसाधारणका लागि खुल्यो बौद्धको ‘लोटस प्लेट’

विवाद मिलेसँगै पर्यटक र सर्वसाधारणका लागि खुल्यो बौद्धको ‘लोटस प्लेट’

काठमाडौं । विगत लामो समयदेखि विवादका कारण बन्द रहेको बौद्धनाथको मुख्य स्तूपमा ताला खुलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन अनुसार बौद्धनाथ क्षेत्र विकास समितिले मङ्गलबार (आज) बाट ताला खोलेको हो ।

बौद्ध धर्मगुरुसँगै बाह्य तथा आन्तरिक पर्यटक र सर्वसाधारणका लागि खुला रेहेको स्तूप परिसरभित्र रहेको ‘लोटस प्लेट’ कोरोनाकालबाट बन्द गरिएको थियो । कोरोनाकाल सकिएपछि पनि ताला नखुलेपछि मन्त्रालयले निर्देशन दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले बौद्धनाथ क्षेत्र विकास समितिलाई पठाएको पत्र ।

बौद्धमै रहेको मेलम्ची घ्याङ गुठी र तामाङ कल्याण गुठीले मनोमानी गर्दै स्तूप क्षेत्रको ताला नखोलेको समितिको आरोप छ । मन्त्रालय मातहत रहेको बौद्धनाथ क्षेत्र विकास समितिको निर्देशनसमेत नमानी गुठीले आफूखुसी गरेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा बताउँछन् ।

उनले उक्त क्षेत्रभित्र युवा-युवतीले टिकटक बनाउने, उछृङ्खल क्रियाकलाप गर्नेलगायतका गतिविधि गरे पछि बन्द गरेको मेलम्ची घ्याङ गुठी र तामाङ कल्याण गुठी बताउँछन् । गुठीका अध्यक्ष जयमङ्गल लामा भन्छन्, “स्तूप पवित्र क्षेत्र हो । त्यहाँ छालाको जुत्ता लगाएर जानसमेत पाइन्न, त्यसैले ताला लगाएका हौँ ।”

भिडिओ हेर्नुस्;


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved