काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका कुनै पनि कर्मचारीले घूस मागेमा प्रमाणसहित आफूकहाँ आउन आह्वान गरेका छन् । मेयर शाहले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्क नम्बर सार्वजनिक गर्दै उजुरी आव्हान गरेका हुन् ।
उजुरीकर्ताले ह्वाट्सएपमार्फत ९८६३५९२०११ नम्बरमा प्रमाण सहित उजुरी दिन सक्ने उनले बताए । उनले यो मोबाइल आफूले मात्र बोक्ने भएकाले उजुरी पठाउनेको नाम गोप्य राखिने समेत स्पष्ट पारेका छन् ।
‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियोसहित’, उनले लेखेका छन् ।
उनले कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनुभन्दा पनि प्रमाण जुटाउन सबैसँग आग्रह गरे ।
Facebook Comment
Comment