संसदमा किन अर्धनग्न बने अमरेश, हेर्नुस् स्पष्टीकरण भिडिओमा

नेपालभ्युज

काठमाडौं । सोमबारको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सनक प्रदर्शन गरे। जब उनले सर्ट मात्र खोलेनन्, भित्री वस्त्र गन्जी पनि खोले।

सोमबार बसेको बैठकमा संसदीय मर्यादालाई बेवास्ता गर्दै आफूलाई बोल्न नदिएको झोकमा विरोध स्वरूप सांसद सिंहले कपडा खोलेर अर्धनग्नता प्रदर्शन गरेका हुन्।

उनको यो विरोधको शैलीको अन्य सांसदहरूले समेत उठेर विरोध जनाए। त्यसलगत्तै, सभामुखले सिंहलाई असभ्य व्यवहार नदेखाउन चेतावनी दिए। उनले भने ‘तपाईँले जुन व्यवहारहरू देखाइरहनु भएको छ। त्यसले गर्दा म हाम्रो नियम ३० को आधारमा म तपाईँलाई म चेतावनी दिन चाहन्छु ।’


Comment

One thought on “संसदमा किन अर्धनग्न बने अमरेश, हेर्नुस् स्पष्टीकरण भिडिओमा

  1. हाम्रो साथ समर्थन छ । अगाडि बढ्नुस् ।

Leave a Reply to जय नेपाल Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved