चालक शम्भुको अन्त्येष्टिमा आर्यघाटमा भावुक बने रवि (फोटोहरू)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को बुधबार अन्त्येष्टि भएको छ। पोस्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

चालक शम्भुको अन्त्येष्टिमा आर्यघाटमा भावुक बने रवि (फोटोहरू)

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को बुधबार अन्त्येष्टि भएको छ। पोस्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

अन्तिम श्रद्धाञ्जलि दिन अन्त्येष्टिका क्रममा रवि पनि आर्यघाट पुगेका थिए। घरको छतबाट खसेर घाइते भएका चालक थापाको मंगलबार मेडिसिटी अस्पतालले मृत्यु भएको भन्ने घोषणा गरेको थियो।

सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका भनिएको थियो।

सुरूमा भरतपुरमै उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार गर्न नसक्ने भनिएपछि थापालाई हेलिकोप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो। सुरुदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो।

घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो। अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँड्दा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved