शरीरसँगै दिमाग पनि तेज बनाउने खानेकुरा

नेपालभ्युज

शरीरसँगै दिमाग पनि तेज बनाउने खानेकुरा

एजेन्सी । नियमित खाईरहेका खानेकुराको कस्तो खालको फाइदा हुन्छ भनेर तपाईंलाई थाहा नहुन पनि सक्छ । हामीले प्रायः नियमित खाने यस्ता तीन वटा खानेकुरा छन् जसले तपाईंको शरीरसँगै दिमागका लागि पनि एकदमै फाइदाजनक हुन्छन् ।
विशेषज्ञको भनाईअनुसार यस्ता खानामा पाइने पोषक तत्वहरुले स्वास्थ्यका लागि मात्र नभएर दिमागका लागि पनि राम्रो हुन्छन् । यी खानेकुरालाई नियमित सेवन गरेमा केही दिनमा परिवर्तन महसुस हुन थाल्नेछ । दिमागको स्वास्थ्यलाई राम्रो बनाउनका लागि खानामा यी खानेकुराहरुलाई समावेश गर्न सकिन्छ ।

ओखर

ओखरलाई सबै ड्राई फ्रुट्सहरुको राजा भनिन्छ, किनकी यसमा एन्टीअक्सीडेन्ट, प्रोटिन तथा स्वस्थ फ्याट भरपूर मात्रामा पाइन्छ । यसबाहेक यसमा क्याल्सियम, पोटाशियम, कपर, आइरन र जिंक पनि पाइन्छ । यो स्वास्थ्य तथा दिमागका लागि एकदमै राम्रो हुन्छ ।

ओखरमा ओमेगा–३ फ्याटी एसिड हुन्छ, जसलाई अल्फा–लिनोलेनिक एसिड पनि भनिन्छ । ओखरमा पोलीफेनोलिक तत्व पनि पाइन्छ । ओमेगा–३ फ्याटी एसिड तथा पोलीफेनोल्स दुबै दिमागको लागि एकदमै आवश्यक मानिन्छ । साथै ओखरमा मेलाटोनिन पाइन्छ जो राम्रो निद्राको लागि आवश्यक हुन्छ ।

बेसार

हरेक भान्छामा हुने बेसारले खानामा रंग दिनुका साथै स्वाद तथा स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । तर के तपाईंलाई थाहा छ ? बेसार दिमागको लागि पनि राम्रो हुन्छ । बेसारमा सक्रिय तत्व् करक्यूमिन हुन्छ, जसले दिमागमा रगतको फ्लोलाई बढाउन सहयोगी हुन्छ ।

दुधमा थोरै बेसार तथा मरिच मिसाएर पिउनाले दिमागलाई एकदमै फाइदा पुग्छ । यसले दिमागमा हुने प्रेसर कम हुन्छ र तनावबाट राहत पाइन्छ ।

ब्रोकाउली

दिमागको लागि ब्रोकाउली पनि एकदमै फाइदाजनक हुन्छ । यसमा ओमेगा–३ फ्याटी एसिड, फ्लेवोनोइड, भिटामिन ई, आइरन तथा कपर जस्ता पोषक तत्वहरु पाइन्छन् । साथै ब्रोकाउली भिटामिन के को राम्रो स्रोत पनि हो । यसले दिमागको कोषिकाहरुमा चाहिने पोषण दिने काम गर्छ ।

तपाईं पनि यी खानेकुरालाई आफ्नो खानपानमा समावेश गरेर दिमागको स्वास्थ्यलाई राम्रो बनाउन सक्नुहुन्छ । यसलाई सबै उमेर समूहकाले सेवन गर्न सकिन्छ । बच्चाहरुलाई तथा गर्भावस्था भएका महिलाले पनि यी खानेकुरा सही मात्रामा नियमित सेवन गरेमा दिमागको वृद्धि विकासमा सहयोग पुग्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved