गर्मीमा पुदिना खानु धेरै फाइदाजनक

नेपालभ्युज

गर्मीमा पुदिना खानु धेरै फाइदाजनक

एजेन्सी। हाम्रो दैनिक खानामा प्राय: पुदिनाको प्रयोग भइरहेको हुन्छ । यो स्वादका लागि मात्रै हैन, औषधिको रूपमा पनि पुदिनालाई प्रयोग गर्न सकिन्छ।  पुदिनामा एन्टिब्याक्टेरियल तथा एन्टिसेप्टिक गुणहरू पाइन्छन् । जसले पाचनसम्बन्धी समस्याहरू टाढा भाग्छन् ।

यदि, तपाईं एसीडीटीले समस्यामा हुनुहुन्छ भने, यसका लागि मनतातो पानीमा एक चम्चा पुदिनाको रस मिसाएर पिउनु सक्नुहुन्छ । यसले तपाईंलाई आराम दिलाउनेछ।

पुदिनामा एन्टिइन्फ्मेटरी गुण पनि हुन्छ जसले दुखाइमा आनन्द दिने काम गर्छ । यदि, तपाईं पनि मांसपेशीहरूको दुखाइले एकदमै समस्यामा हुनुहुन्छ भने पुदिनाको तेलले मालिस गर्न सक्नुहुन्छ ।

त्यस्तै, पुदिना मुखको स्वास्थ्यको लागि पनि राम्रो छ । यसमा एन्टिब्याक्टेरियल गुण पाइन्छन् । जसले स्वासबाट आउने गन्धलाई कम गर्दछ । पुदिनाको पातले दाँतमा किरा आएको र बंगारामा हुने समस्याबाट जोगाउँछ।

पुदिना तौल कम गर्नका लागि पनि एकदमै फाइदाजनक मानिन्छ । यसका पातहरूलाई तपाईं तौल कम गर्ने खानपानमा समावेश गर्न सक्नुहुन्छ ।

त्यस्तै, पुदिना कपालका लागि पनि एकदमै राम्रो मानिन्छ । यसको प्रयोगले चायाँको समस्याबाट राहत पाउन सकिन्छ । कपालको लागि तपाईं पुदिनाको तेलमा जैतुन वा नरिवलको तेल मिसाएर कपाल तथा टाउकोमा मसाज गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved