चर्च व्वाइजमाथि जितसँगै आर्मी तेस्रो स्थानमा उक्लियो

नेपालभ्युज

चर्च व्वाइजमाथि जितसँगै आर्मी तेस्रो स्थानमा उक्लियो

काठमाडौ। जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले चर्च व्वाइज युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको छ।

दशरथ रंगशालामा मंगलबार भएको खेलमा साँघुरो अन्तरको जित हासिल गर्दै आर्मी छैठौंबाट तेस्रो स्थानमा उक्लिएको हो ।

आर्मीको जितमा जिलेस्पी जंग कार्कीले १२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

यो जितसंगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चर्च व्वाइज भने छैठौंबाट चौथो स्थानमा झरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved