यी ५ संकेत जसले तपाईंको बच्चा मानसिकरूपमा बलियो छ भन्ने बुझाउँछ

नेपालभ्युज

यी ५ संकेत जसले तपाईंको बच्चा मानसिकरूपमा बलियो छ भन्ने बुझाउँछ

काठमाडौं। जीवनमा जो व्यक्ति सफल हुन्छ त्यो मानसिकरूपमा बलियो हुन्छ । तिनीहरूमा केही गरेर देखाउने इच्छा हुन्छ। यस्ता व्यक्तिहरू अप्ठ्यारो परिस्थितिसँग पनि डराउँदैनन् । यिनीहरूमा जोखिम उठाउने क्षमता हुन्छ । जस्तोसुकै अप्ठेरो परिस्थितिलाई पनि मुस्कुराएरै पार गर्छन् । हरेक अभिभावकले आफ्नो बच्चा मानसिकरूपमा बलियो होस् भन्ने चाहन्छन् ।

तर, जसरी हरेक व्यक्तिको स्वास्थ्य स्थिति एउटै हुँदैन त्यसरी नै मानसिक क्षमता पनि एउटै खालको हुँदैन । केही बच्चाहरू मानसिकरूपमा एकदमै बलिया हुन्छन् भने केही कमजोर हुन्छन्। केही त्यस्ता संकेत छन् जसलाई मध्यनजर गर्दै तपाईं आफ्नो बच्चा मानसिकरूपमा बलियो छ कि छैन भनेर अनुमान गर्न सक्नुहुन्छ।

१. हार नमान्ने बच्चा

यदि, तपाईंको बच्चाले खराब परिस्थितिमा पनि हार मान्दैन् भने सम्झनुस् त्यसको इच्छाशक्ति एकदमै बलियो छ । जो बच्चाको इच्छाशक्ति बलियो हुन्छ त्यस्तो बच्चालाई नै मानसिकरूपमा बलियो मानिन्छ । यस्तो संकेत त्यतिबेला देखिन्छ जब तपाईंको बच्चाको समय खराब भइरहेको होस् वा अस्वस्थ भएको हुन्छ।

२. बच्चामा धैर्यता छ

यदि, बच्चा धैर्य छ भने त्यो मानसिकरूपमा बलियो छ भनेर बुझ्न सकिन्छ । कुनै पनि खराब समयबाट बाहिर निस्कनका लागि धैर्यता नै काम आउँछ । पढाइमा असफलता मिल्दा पनि कैयौं बच्चाहरू निरास हुन्छन् । त्यसैमा कोही बच्चाहरू धैर्यता राख्छन्, र दोस्रोपटक राम्रो गर्ने प्रयास गर्छन् । यो लक्षणले तपाईंको बच्चा कोशिस गर्नदेखि डराउँदैन भन्ने बुझिन्छ ।

३. केही गर्नुपूर्व सोच्नु

यदि, तपाईंको बच्चा कुनै फैसला लिन केही समय लगाएर सोच्ने गर्छ भने पनि राम्रो कुरा हो । किनकि, यसले मानसिक रूपमा बलियो भएको मानिन्छ । जो बच्चा मानसिकरूपमा बलियो हुन्छन् तिनीहरू कुनै पनि निर्णय लिनुभन्दा पहिला राम्रो नराम्रोको बारेमा सोच्ने गर्छन्।

४. गुनासो नगर्ने बच्चा

जो बच्चाहरू मानसिक रूपमा बलियो हुन्छ, उसले हरेक कुरामा गुनासो गर्दैन । उनीहरूलाई हरेक परिस्थितिमा डटेर लड्ने साहस हुन्छ । यस्ता बच्चाहरू कुनै न कुनै बाटो निकालिहाल्छन् । मानसिकरूपमा बलियो बच्चा जिद्दी पनि हुँदैन। ऊ त्यस्तो चिजका लागि कहिल्यै जिद्दी गर्दैन जो उसलाई आवश्यक नै छैन।

५. आफ्नो निर्णय आफैँ गर्ने

यदि, तपाईंको बच्चाले पनि आफ्ना निर्णयहरू आफैँ गर्ने र त्यसबारेमा सोंच्न पनि सक्छ भने तपाईंको बच्चा मानसिक रूपमा एकदमै बलियो छ । मानसिकरूपमा बलियो हुँदा आफ्नो बारेमा निर्णय गर्ने क्षमताको विकास भएको हुन्छ । कोही बच्चा यस्तोमा पनि केही भावनाको कुरा सुन्छन् र आफ्नो मनको कुरालाई पनि गम्भीरतापूर्वक लिन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved