वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण (तस्वीरहरु)

यो रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ। सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद्हरू बताउँछन्।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण (तस्वीरहरु)

काठमाडौं। काठमाडाैँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । शुक्रबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । चैत्र २४ गते शुक्रबार मच्छिन्द्रनाथको महास्नान गराइसकेपछी चैत्र २५ गतेदेखि रथ निर्माण सुरु गरिएको थियो।

रातो मच्छिन्द्रनाथको रथारोहण भए संगै गुरुजुको पल्टनले बन्दुक पड्काएर बढाई गरेका थिए।

रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको विभिन्न टोलटोलमा घुमाइन्छ ।

करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख शुक्ल प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।

यो वर्ष बैशाख ११ गते सोमबार देखि पुल्चोक गां:बहाल बाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ।

तस्वीरहरु:- सरोज बस्नेत/नेपाल भ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved