गर्मीमा मह खानुका ५ फाइदा

नेपालभ्युज

गर्मीमा मह खानुका ५ फाइदा

एजेन्सी । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् । महमा ग्लुकोज पाइन्छ ।

महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन । जानौं मह खानुका फाइदाहरु

१. शरीरलाई ऊर्जा दिन्छ
कार्बोहाइड्रेटले भरिपूर्ण मह गर्मीमा शरीरलाई ऊर्जा प्रदान गर्न एकदमै सहयोगी हुन्छ । यसले गर्मीबाट हुने थकान तथा सुस्तीलाई पनि टाढा भगाउँछ । तपाईं दिनमा २ देखि ३ पटक पानी वा अन्य कुनै पेय पदार्थमा मह मिसाएर पिउन सक्नुहुन्छ । तर कोसिस गर्नुहोस् एक दिनमा २–३ चम्चादेखि धेरै मह खानुहुँदैन ।
२. लू को प्रभावलाई कम गर्छ
औषधीय गुणहरुले भरिपूर्ण मह शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र ऊर्जावान राख्नका लागि एकदमै सहयोगी छ । जसले तपाईंलाई छिटै कुनै पनि संक्रमणले भेटाउन सक्दैन । यसले गर्मीमा हुने लू बाट बचाउन सहयोग गर्छ र यसका लक्षणबाट पनि राहत प्रदान गर्छ ।
३. शरीरलाई डिटक्स गर्छ
शरीरबाट टक्सिक तथा फोहोरहरु बाहिर निकाल्नका लागि पनि मह एकदमै सहयोगी छ । यसरी महले कैयौं प्रकारका गम्भीर रोगहरुको जोखिम कम गर्छ ।
४. तौल घटाउँछ
तौल घटाउने व्यक्तिहरु प्रायः महसँग मनतातो पानीमा कागतीको रस राखेर पिउने गर्छन् । यसले पाचन प्रक्रियालाई बलियो बनाउनका साथै शरीरको मेटाबोलिज्मलाई पनि बुस्ट गर्ने काम गर्छ । यसले शरीरको धेरै क्यालोरी बर्न गर्न पनि सहयोग गर्छ ।
५. गुलियोको लालसा मेटाउँछ
मह प्राकृतिक स्वीटनर (गुलियो) हो । महको सेवन गरेमा अस्वस्थ खालका खानेकुराहरुको लालसा पनि कम गर्छ । तपाईं धेरै बाहिरको मिठो तथा गुलियो चिज खानबाट बच्नुहुन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved