डीआईजी बढुवा सिफारिसमा दाबेदार दुई एसएसपीबाटै उजुरी

नेपालभ्युज

डीआईजी बढुवा सिफारिसमा दाबेदार दुई एसएसपीबाटै उजुरी

काठमाडौं। नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध मंगलबार दाबेदारमध्यकै दुईजनाको उजुरी परेको छ ।
बढुवाका लागि दाबेदार रहेका तर सिफारिसमा नपरेका दुईजना एसएसपीले आफूहरूको नाम बढुवा सिफारिसका लागि नसमेटिएको भन्दै लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।

यसरी उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह रहेका छन् । सिफारिस गर्दा उनीहरूलाई समेटिएको थिएन। बढुवा समितिको चैत २९ गते बसेको बैठकको सिफारिसअनुसार गृह मन्त्रालयले सूची प्रकाशित गरेको थियो ।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो । बढुवाका लागि सिफारिस भएका एसएसपीहरूमा कुवेर कडायत, केदार ढकाल, विष्णुबहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन् ।

यस्तै, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकासराज खनालको नाम पनि सिफारिस भएको थियो । सिफारिस सूचीमा कडायतको नाम पहिलो नम्बरमा रहँदा दाबेदार मानिएका द्विवेदी र सिंहको नाम भने समेटिएको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved