प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरू बानेश्वरबाट पक्राउ

नेपालभ्युज

प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरू बानेश्वरबाट पक्राउ

काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी छानबिनका लागि नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संक्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपूरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयक संसदमा दर्ता भएका छन् । तर, छानबिन भने हुन सकेको छैन।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved