इनरुवामा लघुवित्तपीडित र प्रहरीबीच झडप

नेपालभ्युज

इनरुवामा लघुवित्तपीडित र प्रहरीबीच झडप

काठमाडौं। लघुवित्त संस्थाबिरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ ।
आइतबार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको विरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो ।

लघुवित्त पीडितहरूले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको
हो ।

प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाए पनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरूलाई लट्ठी चार्ज गरेर लखेटेर सडक खुलाएको थियो ।

सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन् ।

आन्दोलनका कारण पूर्व—पश्चिम राजमार्ग अन्तर्गत इनरुवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेको छैन । आन्दोलनकारी बिहानैबाट सडकमै सुतेका थिए ।

आन्दोलनमा सहभागी अधिकांश महिला भएकाले समेत प्रहरी लामो समय संयमता अपनाएको थियो । आफूहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved