मालाखेती अस्पतालमा तनाव, प्रदर्शनकारीद्वारा दिनभर राजमार्ग अवरुद्ध

नेपालभ्युज

मालाखेती अस्पतालमा तनाव, प्रदर्शनकारीद्वारा दिनभर राजमार्ग अवरुद्ध

धनगढी । कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

आइतवार विहान सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी गोदावरी नगरपालिका वडा नम्बर २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र नवजात शिशुको मृत्यु भएको थियो ।

अस्पतालको लापरबाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले सोमबर दिनभर पनि प्रदर्शन गरे । मृतकका आफन्त र स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

उनीहरुले अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै चिकित्सक र घटनामा संलग्न स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन् ।

मृतक महिलाको ६ वर्षीय बालकको लालनपालन गर्ने जिम्मा पनि अस्पतालले लिनुपर्ने भन्दै प्रदर्शन भइरहेको मृतकका आफन्त गोपालदत्त भट्टले बताए । दिनभर समस्या समाधानको लागि छलफल भए पनि कुनै सहमति भएन ।

अस्पतालका मेसु अन्वेश कोइराला र स्टाफ नर्स यशोदा ढकाललाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved