नुहाएपछि हुने सुख्खा कपालको लागि हेयर मास्क

नेपालभ्युज

नुहाएपछि हुने सुख्खा कपालको लागि हेयर मास्क

एजेन्सी । सुन्दर तथा मुलायम कपाल सबैको इच्छा हुन्छ । हामीले सुन्दर कपाल पाउनका लागि विभिन्न उपायहरु पनि अपनाइरहेका हुन्छौं । कतिपयको कपाल नुहाएपछि एकदमै सुख्खा तथा रुखो हुने हुन्छ । त्यस्तो कपालको लागि पनि घरमै बनाएको हेयर मास्कको प्रयोग गर्न सकिन्छ । जसले कपाल सिल्की तथा मुलायम हुनेछ ।

केरा र ओलिभ आयल हेयर मास्क
यदी तपाईंको कपाल नुहाएपछि एकदमै सुख्खा र रुखो हुन्छ भने यो हेयर मास्कको प्रयोग गर्न सक्नुहुन्छ । यसलाई बनाउनका लागि एउटा पाकेको केरालाई म्यास गर्नुहोस् । यसमा २–३ चम्चा ओलिभ ओयल मिसाउनुहोस् । यसलाई राम्रोसँग मिसाएर पेस्ट बनाउनुहोस् । यसलाई सफा कपालमा लगाएर २० मिनेट राख्नुहोस् । त्यसपछि माइल्ड स्याम्पुले कपाललाई धुनुहोस् । यसो गर्दा तपाईंको कपाल मुलायम र चम्किलो हुनेछ ।

दही र अन्डाको हेयर मास्क

दही र अन्डा दुबै कपालका लागि एकदमै फाइदाजनक हुन्छन् । यसले कपालको सुख्खापनलाई कम गर्न सहयोग गर्छ । यसले टाउकोमा भएको फोहोर पनि फाल्ने गर्छ । यसलाई बनाउनका लागि आधा कप दही र एउटा अन्डा लिनुहोस् र दुबैलाई मिसाएर पेस्ट तयार गर्नुहोस् । अब उक्त पेस्टलाई कपालको जरादेखि टुप्पोसम्म लगाउनुहोस् र आधा घण्टा राख्नुहोस् । माइल्ड स्याम्पुले कपाल धुनुहोस् ।

नरिवलको तेल र महको हेयर मास्क
नरिवलको तेल र महको हेयर मास्क पनि सुख्खा तथा रुखो कपालका लागि एकदमै राम्रो हुन्छ । यसले कपाललाई सिल्की तथा मुलायम बनाउँछ । नरिवलको तेल दुई चम्चा र मह एक चम्चा एउटा कचौरामा मिसाउनुहोस् । अब उक्त पेस्टलाई कपालमा तथा टाउकोमा लगाउनुहोस् । हल्का हातले मसाज गर्नुहोस् । केही घण्टा राखेर नुहाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved