प्रचण्ड र एमाले नेता लेखराज भट्टबीच भेटवार्ता

नेपालभ्युज

प्रचण्ड र एमाले नेता लेखराज भट्टबीच भेटवार्ता

धनगढी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ।

आइतबार एमाले सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्टको निवासमै उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ता अहिले पनि जारी रहेकाले के कुरा भइरहेको छ भन्नेबारे खुल्न सकेको छैन।

स्रोतका अनुसार प्रचण्ड लेखराजको निवासमा खाना खाएर केहीबेरमा महेन्द्रनगर प्रस्थान गर्नेछन्।

लेखराज पूर्व माओवादी नेता समेत हुन्। उनी नेकपा विभाजनका बेला एमालेमा समाहित भएका थिए। अहिले उनले प्रचण्डसँग भेटवार्ता गर्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ।

यस्तै, प्रधानमन्त्री प्रचण्ड आजै राजधानी फर्कने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved