हालाण्ड चम्किँदा सिटीले साउथह्याम्प्टनलाई हरायो, चेल्सी उल्भ्ससँग पराजित

नेपालभ्युज

हालाण्ड चम्किँदा सिटीले साउथह्याम्प्टनलाई हरायो, चेल्सी उल्भ्ससँग पराजित

एजेन्सी। इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई ४–१ गोलले हराएको छ ।

सिटीका एर्लिङ हालाण्डले दुई तथा ज्याक ग्रेलिस र जुलियन अल्भारेजले एक/एक गोल गरे । साउथह्याम्पटनका सेकोउ माराले एक गोल फर्काए । जितसँगै सिटी २९ खेलमा ६७ अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा कायमै छ ।

गएराती भएको अर्को खेलमा चेल्सी पराजित भएको छ । चेल्सीलाई उल्भ्सले १–० गोलले हराएको हो । उल्भ्सका माथुएस नुनेसले खेलको ३१औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै उल्भ्सले ३० खेलमा ३१ अङ्कसहित १२औँ स्थानमा छ । समान खेलमा चेल्सी ३९ अङ्कका साथ ११औँ स्थानमा छ ।

शनिबार राती भएको भएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० गोलले हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved