थप ८४ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमित ३५८

नेपालभ्युज

थप ८४ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमित ३५८

काठमाडौँ । गत २४ घण्टामा ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विहीबार १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा  संक्रमण देखिएको हो ।

योसँगै देशभर कोरोना  संक्रमितको संख्या ३५८ जना पुगेको छ भने काठमाडौं उपत्यकामा १९ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल संस्थागत आइसोलेसनमा १७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एकजना कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved