पितृत्वको ठेगान नभएका बच्चाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन

नेपालभ्युज

पितृत्वको ठेगान नभएका बच्चाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन

काठमाडौं । एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको  मावलीकै थर राखेर जन्मदर्ता हुने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार   स्थानीय तहका सबै   वडा कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानसँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानमा जन्मदर्ता गरिदिने,’ विभागले जारी गरेको परिपत्रमा भनिएको छ ।

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने,’ विभागले  निर्देशन दिएको छ ।

यस्तै विभागले  जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता बनाउन पनि आग्रह गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved