जनै र सिन्दूरका कारण फिल्म आदिपुरुष फेरि विवादमा

निर्देशक, निर्माता र कलाकारविरुद्ध उजुरी

नेपालभ्युज

जनै र सिन्दूरका कारण फिल्म आदिपुरुष फेरि विवादमा

मुम्बई। नयाँ पोस्टर रिलिज भएसँगै बलिउड फिल्म ‘आदिपुरुष’ फेरि विवादमा फसेको छ । हालै मात्र  रिलिज भएको फिल्मको नयाँ पोस्टरलाई लिएर फेरि विवाद सुरु भएको हो ।

आफूलाई सनातन धर्मको प्रचारक मान्दै आएका सञ्जय दीनानाथ तिवारीले फिल्मका निर्देशक ओम राउत, निर्माता भूषण कुमार र कलाकारविरुद्ध मुम्बईको साकिनाका पुलिस स्टेसनमा उजुरी दिएका हुन् । उजुरीमा फिल्मको पोस्टरले हिन्दू धर्मको भावनामाथि ठेस पुर्‍याएको आरोप लगाइएको छ ।

‘फिल्मका निर्माताले हिन्दी धर्मग्रन्थ रामचरितमानसको पात्रलाई अनुचित किसिमले देखाएका छन् ।

फिल्मको नयाँ पोस्टरले हिन्दू धर्म समाजको धार्मिक भावनामाथि आहत गरेको छ । यस कारण भारतीय दण्ड संहिताको धारा २९५(ए), २९८, ५००, ३४ का अनुसार एफआईआर गर्न माग गर्दै यो उजुरी दिइएको छ’, उजुरीमा लेखिएको छ ।

फिल्म हिन्दू धर्मको पवित्र ग्रन्थ रामचरितमानसबाट बनाइएको भने पनि पनि पोस्टरमा पुरुष कलाकारले जनै र सीताको भूमिकामा प्रस्तुत भएकी महिला कलाकारले सिन्दूर नलगाएकोमा उजुरीकर्ताको विरोध छ ।

हालै, सार्वजनिक पोस्टरमा प्रभास, कृति सेनन, सनी सिंह र देवदत्तलाई देखाइएको छ । यद्यपि, पोस्टरले फ्यानलाई खासै प्रभावित गर्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved