फिल्म ‘प्रसाद-२’ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश, निर्माता फरार

फिल्म ‘प्रसाद-२’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ। सुदर्शन थापाले निर्देशन गरेको प्रसाद-२ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहे पनि तत्काल प्रदर्शन नगर्न आदेश दिएको हो।

नेपालभ्युज

फिल्म ‘प्रसाद-२’ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश, निर्माता फरार

काठमाडौं। फिल्म ‘प्रसाद-२’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ। सुदर्शन थापाले निर्देशन गरेको प्रसाद-२ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहे पनि तत्काल प्रदर्शन नगर्न आदेश दिएको हो।

फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

अदालत जानुअघि उनले चलचित्र विकास बोर्डमा पनि उजुरी गर्न खोजेका थिए। तर, बोर्डले उजुरी दर्ता गरेन। त्यसपछि पाण्डे चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग राखेर उच्च अदालत पुगेपछि अदालतले रोक्न आदेश दिएको हो।

उनको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन्।

फिल्म निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ। उनलाई प्रहरीले खोजिरहेको छ। उनी भने सम्पर्कमा छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved