सरकारले लियो गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व, निर्माण कार्य अघि बढ्ने

नेपालभ्युज

सरकारले लियो गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व, निर्माण कार्य अघि बढ्ने

काठमाडौं । सरकारले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

रंगशाला निर्माण गरिरहेको  धुर्मुस सुन्तली फाउन्डेसनले   निर्माण सामग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी  छ । रंगशाला निर्माण कार्य पूरा नहुँदै फाउन्डेसनले हात झिकेपछि सरकार आफैँले बनाउने निर्णय गरेको हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved