न्युक्यासलले हरायो म्यानचेस्टर युनाइटेडलाई

नेपालभ्युज

न्युक्यासलले हरायो म्यानचेस्टर युनाइटेडलाई

एजेन्सी। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड न्युक्यासलसँग पराजित भएको छ ।

युनाइटेड घरेलु टोली न्यूक्यासल युनाइटेडसँग २–० ले पराजित भएको हो । न्यूक्यासलको जितमा जोसेफ विललक र कलुम विल्सनले गोल गरे ।

सेन्ट जेम्स पार्क न्यूक्यासलमा आइतबार राति ६५औं मिनेटमा जोसेफ विललकले गोल गरेपछि युनाइटेड खेलमा १–० ले पछि पर्यो ।त्यसपछि ८८औं मिनेटमा कलुम विल्सनले गोल गर्दै म्यानचेस्टरलाई २–० ले हराए ।

जितसँगै न्यूक्यासल २७ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित युनाइटेडको ५० अंक नै भएपनि गोल अन्तरमा चौथो स्थानमा झरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved