मिटर ब्याज पीडित रातभर सडक पेटीमै,  ‘महानगरले खाना र कपडा पनि खोस्यो’

उनिहरुले मिटरब्याज पीडितले न्याय पाउनको लागि कानुन नै परिवर्तन गर्नुपर्ने भएकाले नयाँ कानुनको माग गरेका छन् । पीडितहरुले प्रधानमन्त्री निवास घेराउ गर्ने लक्ष्य लिएका छन् । तर उनिहरुलाई प्रहरीले टंगालमै रोकेको छ । 

नेपालभ्युज

मिटर ब्याज पीडित रातभर सडक पेटीमै,  ‘महानगरले खाना र कपडा पनि खोस्यो’

काठमाडौं। काठमाडौं महानगरपालिकाले खुलामञ्चमा प्रवेश नदिएपछि मिटरब्याज पीडितहरु रातभर सडकपेटीमै बसेका छन् ।

सरकारलाई आफ्ना माग सुनाउन ११ दिन पैदलयात्रा गरेर काठमाण्डौ आएका मिटरब्याज पीडितहरूले गएराति खुलामञ्च अगाडि रात कटाएका हुन् ।

संघर्ष समितिलाई सहयोग गर्दै आएका संघर्ष दाहालका अनुसार महानगर प्रहरीले ओढ्ने र ओछ्याउने समेत खोसेर लगेको छ । सहयोगीले ल्याइदिएका खानेकुरा समेत प्रहरीले खोसेको छ । उनिहरुले खाना र छानाविना रात बिताएका छन् ।

मिटर ब्याज पीडितहरु खुलामञ्चमा बस्ने तयारी गरेको थाहा पाएपछि काठमाडौं महानगरपालिकाले सोमबार दिउँसो नै खुलामञ्चको गेटमा ताला लगाएको थियो ।

उनिहरुले मिटरब्याज पीडितले न्याय पाउनको लागि कानुन नै परिवर्तन गर्नुपर्ने भएकाले नयाँ कानुनको माग गरेका छन् । पीडितहरुले प्रधानमन्त्री निवास घेराउ गर्ने लक्ष्य लिएका छन् । तर उनिहरुलाई प्रहरीले टंगालमै रोकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved