उपराष्ट्रपतिमा यादव र शाक्यको उम्मेदवारी दर्ता

झा पनि जाँदै

नेपालभ्युज

उपराष्ट्रपतिमा यादव र शाक्यको उम्मेदवारी दर्ता

काठमाडौं। सत्ता गठबन्धनका केही नेताको प्रस्ताव र समर्थनमा १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहाय यादवले उम्मेदवार दर्ता गराएका छन् ।

माओवादी र नेकपा एकीकृत समाजवादीका नेताहरूसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावक अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्।

यसैगरी, रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी समर्थक छन्।

यसैगरी, एमालेबाट उपराष्ट्रपतिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्। एमाले उपाध्यक्ष शाक्यले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताइन्।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवारी दर्ता गराउन संसद् भवन पुगेकी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved