उपराष्ट्रपतिमा जनमतको पनि दाबी, ममता झालाई उम्मेदवार बनाउने

नेपालभ्युज

उपराष्ट्रपतिमा जनमतको पनि दाबी, ममता झालाई उम्मेदवार बनाउने

काठमाडौं । उपराष्ट्रपतिमा जनमत पार्टीले पनि दाबी प्रस्तुत गरेको छ ।

ममता झालाई उम्मेदवार बनाउने तयारीमा आफूहरू रहेको अध्यक्ष डा. सीके राउतले नेपालभ्यूजसँग बताए । ‘हो, उहाँ (ममता झा) लाई नै अघि बढाउने तयारी गरेका छौँ,’ उनले भने ।

सद्भावना पार्टीबाट राजनीति सुरू गरेकी ममता अहिले जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् ।

५३ वर्षीय ममता गत स्थानीय तह सदस्य निर्वाचनमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् ।

उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा) ले दाबी गर्दै आएको थियो । उसले बारा २ बाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णयसमेत गरिसकेका थियो ।

तर, निर्वाचन आयोगले खस-आर्य समुदाय बाहिरका महिलाले मात्रै उम्मेदवारी दर्ता गराउन पाउने बताएपछि राजनीतिक ‘कोर्स’ फेरिएको छ । उपराष्ट्रपतिमा दाबी गर्नेहरूको संङ्ख्या थपिँदै छ ।

यसअघि मात्रै नागरिक उन्मुक्तिले उमेरै नपुगेको अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेका थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved