आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थल : प्रधानमन्त्री

नेपालभ्युज

आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थल : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो  आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्न खाले समस्याहरू परिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए।

उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्त्वपूर्ण वनस्पतिहरू पाइने उल्लेख गरे।

आयुर्वेदका लागि नेपालमा रहेका वनस्पतिहरू जोगाइराख्नुपर्ने आवश्यक्ता देखिएकोले सरकारले पनि यसलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए ।

सरकारले आयुर्वेदलाई संरक्षण र संवर्द्धन गर्न सिंहदरबारस्थित वैद्यखानाबाट आफ्ना कामहरू गरिरहेको भन्दै उनले भारतले पनि नेपाललाई आयुर्वेदका
औषधिहरू पाइने मुख्य थलोको रूपमा राखेको उल्लेख गरेका छन्।

उनले नेपालमा रहेका वनस्पतिहरूको अध्ययन र अनुसन्धान अझै हुन जरुरी रहेको बताउँदै उनले भने, ‘आयुर्वेदालाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार
प्रतिबद्ध छ । नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि हो । यसलाई हामीले प्रचार-प्रसार र संवर्द्धन गर्न आवश्यक छ । तर, पछिल्लो समय जलवायु परिवर्तनका कारण यसमा असर परिरहेको छ । यसलाई हामीले न्यूनीकरण गर्दै जानुपर्छ ।’

प्रधानमन्त्री दाहालले महासभाले जलवायु परिवर्तनलाई पनि मध्यनजर गरेर छलफल र त्यसलाई न्यूनीकरण गर्ने कुरामा लाग्नेमा विश्वस्त रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved