प्रदेश १ को प्रदेशसभा बैठक सुरु, दुई नाम प्रस्ताव

पूर्व मुख्यमन्त्री ‘किरात लिम्बुवान सगरमाथा’को पक्षमा

नेपालभ्युज

प्रदेश १ को प्रदेशसभा बैठक सुरु, दुई नाम प्रस्ताव

काठमाडौं। प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएको छ । आजकै प्रदेश सभा बैठकले प्रक्रियामा गएर प्रदेशको नामाकरणाको टुंगो लगाउने तयारी छ ।

सर्वदलीय बैठकपछि कार्यव्यवस्था बैठक बसेर प्रदेशसभा बैठक सुरु भएको हो । प्रदेशसभा सचिवालयमा दुई वटा नाम प्रस्ताव भएको छ। एमालेका राम राना मगर प्रस्तावक र निरन राई र विदुर लिङ्गथेपको समर्थनमा ‘कोसी’ राख्ने प्रस्ताव दर्ता भएको छ ।

त्यस्तै, एकीकृत समाजवादीका नेता समेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राई प्रस्तावक भई कमल प्रसाद जबेगु र निर्मला लिम्बू समर्थक रहेको ‘किरात लिम्बुवान सगरमाथा’ नाम राख्ने प्रस्ताव दर्ता भएको छ।

तर, आजको बैठकले ‘कोसी’ नाम नै टुङ्गो लाग्ने लगभग पक्का छ। किनभने प्रदेश सदस्यको दुई तिहाइले समर्थन गर्दा नाम टुङ्गो लाग्नेछ। जबकि, प्रदेशको नाम कोसी राख्न नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपा समेत सहमत भइसकेका छन्।

९३ सदस्यीय प्रदेशसभामा दुई तिहाइका लागि एमाले र कांग्रेस मात्रैले पनि पुग्छ। त्यसमाथि माओवादी र राप्रपासमेत थपिएका छन्। माओवादीले पहिचान सहितको नाम हुनुपर्ने भन्दै आए पनि त्यसबाट पछाडि हट्दै ‘कोसी’ नाममै सहमत भएको छ।

नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत राखेका छन् । नामका विषयमा दलहरूबीच भएको अनौपचारिक छलफलमा उनीहरूले पहिचानसहितको नाम प्रस्ताव आउनुपर्ने अडान राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved