एमाले सचिवालय बैठक जारी

नेपालभ्युज

एमाले सचिवालय बैठक जारी

काठमाडौं। नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक जारी छ। बैठक शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।

बैठकले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनुको साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल गर्ने बताइएको छ । त्यस्तै, सरकारमा बसिरहने वा नरहने भन्ने बारमो पनि आजको बैठकले निर्णय गर्ने बताइएको छ ।

सत्तारुढ दलहरूबीच एमालेलाई राष्ट्रपति दिने सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नेपाली कांग्रेसले पनि समर्थन गरेसँगै सत्ता समीकरण फेरबदल हुन पुगेको हो ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ८ दलीय बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेसँगै नेकपा एमालेले आजको बैठकबाट सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णयमा पुग्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved