राष्ट्रपतिमा एमालेको उम्मेदवारी हुनेछ : ओली

नेपालभ्युज

राष्ट्रपतिमा एमालेको उम्मेदवारी हुनेछ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २५मा हुने राष्ट्रपति निर्वाचनमा शनिबार एमालेले उम्मेदवारी दर्ता गर्ने र सोही उम्मेदवार विजयी हुने दाबी गरेका छन् ।

अध्यक्ष ओलीले बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक भएको बारेमा आफूलाई जानकारी नै नभएको बताए ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा ओलीले राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्ने र २५ गते जित्नेसमेत दाबी गरे ।

पत्रकारले बालुवाटारमा बैठक भएको र पुरानो गठबन्धन ब्युँताउने तयारी भएको बारे प्रश्न गर्दा ओलीले त्यसमा आफू अनभिज्ञ रहेको बताए । ‘हाम्रो उम्मेदवार पक्का छ’ अध्यक्ष ओलीले भने–‘अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved