टुँडिखेलमा यसरी मनाइयो ७३औं प्रजातन्त्र दिवस (तस्वीरहरू)

नेपालभ्युज

टुँडिखेलमा यसरी मनाइयो ७३औं प्रजातन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं। सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७३औं प्रजातन्त्र दिवस मनाइएको छ ।

२००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको सहभागिता थियो ।

समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ ब्यानर अंकित हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपासका साथै राष्ट्रिय गीतका धून र ब्याण्ड प्रस्तुत गरेका थिए ।

हेर्नुहोस् तस्वीरमा प्रजातन्त्र दिवस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved