निर्मला कुर्मीलाई न्याय दिनेबारे सरकारसँग सहमतिपछि आन्दोलन स्थगित

नेपालभ्युज

निर्मला कुर्मीलाई न्याय दिनेबारे सरकारसँग सहमतिपछि आन्दोलन स्थगित

काठमाडौं। बाँकेकी निर्मला कुर्मीलाई न्याय दिनुपर्ने भन्दै ४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीहरूले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् । निर्मला कुर्मीका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलन गर्दै आएका उनीहरूलै तत्कालका लागि बुधबारबाट आदोलन स्थगित गरेका हुन् ।

मंगलबार सरकारसँग ३ बुँदे सहमति भएसँगै उनीहरूले आन्दोलन स्थगित गरेका हुन् । सरकारसँगको सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नका लागि मुलुकी फौजदारी कार्यविधि संहीता २०७४ को दफा १२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गरी दोषीमाथि मुद्दा चलाउने सहमति भएको छ ।

त्यस्तै, आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्नेगरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई तत्कालका लागि थाँती राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षका व्यक्तिहरुको जिउ ज्यानको सुरक्षाको लागि सुरक्षा संयन्त्रको उचित समन्वय र प्रवद्र्धन गर्ने सहमति भएको छ ।

अधिकारकर्मी रुबी खानले निर्मला कुर्मीको न्यायका लागि यसपटक एसएसपीको नेतृत्वमा विशेष टोली बन्ने बताइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved