एकजना राष्ट्रियसभा सदस्यको चयन गर्न आज मतदान हुँदै

नेपालभ्युज

एकजना राष्ट्रियसभा सदस्यको चयन गर्न आज मतदान हुँदै

दाङ। एकजना राष्ट्रियसभा सदस्यको चयन गर्न आज बुधबार उपचुनाव हुँदैछ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि आज मतदान हुन लागेको हो ।

उपनिर्वाचनका घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ दलका तर्फबाट एमालेका कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् भने नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय पनि उम्मेदवार छन् ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved