मैतीदेवी चोकको प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर

नेपालभ्युज

मैतीदेवी चोकको प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर

काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मैतीदेवीचोकमा रहेको प्रहरी बिट भत्काएको छ । मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले बिट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका छन् ।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर निर्माण भएको प्रहरीको बिट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

‘प्रहरी शान्ति सुरक्षाको लागि हो, त्यसैले प्रहरी विट हटाउने उद्देश्य त होइन, तर सार्वजनिक सडक पेटीहरूमा रहेका प्रहरी बिट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागेका छौं’ उनले भने, ‘नेपाल प्रहरी हाम्रो सहकार्यमा नै व्यवस्थापन गर्न लागेका हौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved