एकीकृत समाजवादीको प्रतिवेदन : नयाँ गठबन्धन बन्नुका चार कारण (पूर्णपाठसहित)

एकीकृत समाजवादीले दाहाललाई शंकाको सुविधा दिएको बताउँदै अध्यक्ष नेपालले देशलाई सहमतिको मार्गमा डोर्‍याउने वा नडोर्‍याउने जिम्मा माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहालको हातमा रहेको बताए ।

नेपालभ्युज

एकीकृत समाजवादीको प्रतिवेदन : नयाँ गठबन्धन बन्नुका चार कारण (पूर्णपाठसहित)

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले सत्तारुढ दलहरूको नयाँ गठबन्धन बन्नुका चार कारण औंल्याएको छ ।

शनिबारबाट  ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटनमा  प्रतिवेदन प्रस्तुत गर्दै  एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नयाँ गठबन्धन बन्नुका चार कारण औंल्याएका हुन्।

उनले देशलाई सहमतिको राजनीतिमा लैजाने वा नलैजाने जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हातमा रहेकोसमेत बताए बताए ।  एकीकृत समाजवादीले दाहाललाई शंकाको सुविधा दिएको बताउँदै अध्यक्ष नेपालले देशलाई सहमतिको मार्गमा डोर्‍याउने वा नडोर्‍याउने जिम्मा माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहालको हातमा रहेको बताए ।

उनले भने, ‘हामीले सरकारमा सामेल हुन समर्थन गरेका होइनौं, सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले उक्त सुझावसहित प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएका हौं । नेकपा (माओवादी केन्द्र) विगत गठबन्धनको वाम सहयात्री भएकाले शंकाको सुविधा पनि दिएका हौं,’ प्रतिवदेनमा भनिएको छ, ‘संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि सरकार गठन गर्नका लागि समर्थन होइन सहमतिकै आशयले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने कि नडोर्‍याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको छ ।’

शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा कांग्रेस ठूलो दल बनेपछि घमण्ड बढेको र सत्ता भएपनि सत्ता केन्द्रित सोच र फाइदा हुने भएपछि विचार, सिद्धान्त र नीति त्याग्ने हिड्ने प्रवृत्ति प्रमुख भएको उल्लेख छ ।

नेपालले संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरू, संविधान, कानुन र नियमको पालना नगर्नेहरू सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्कसमेत गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved