सांसद चौधरी पक्राउको विरोधमा प्रदेश सभा बैठक अवरुद्ध

नेपालभ्युज

सांसद चौधरी पक्राउको विरोधमा प्रदेश सभा बैठक अवरुद्ध

काठमाडौं। सांसदलाई पक्राउ गरिएको विरोधमा नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध पारेको छ।

माघ १९ गते बाँकेको कोहलपुरबाट पक्राउ गरेका संघीय सांसद अरुणकुमार चौधरीलाई कैलाली कारागार चलान गरिएपछि नागरिक उन्मुक्ति पार्टी आक्रोशित भएको हो ।

शुक्रबार प्रदेश सभाको बैठक सुरू हुने वितिक्कै उन्मुक्ति पार्टीका सांसदले बिरोध जनाएका थिए। उनीहरूले सांसद चौधरीको रिहाई माग गर्दै नाराबाजी समेत गरेका थिए।

सांसदहरूले नाराबाजी गरेपछि सभामुख वसन्त घर्तीले प्रदेश सभाको बैठक स्थगित गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved