राजाको स्थानमा ठूला दलका नेता बसेर जनताको शोषण गरे : प्रभु साह

नेपालभ्युज

राजाको स्थानमा ठूला दलका नेता बसेर जनताको शोषण गरे : प्रभु साह

रौतहट। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजाको स्थानमा ठूला दलका नेताहरू बसेर जनताको शोषण गरिरहेको बताएका छन् ।

विगतमा राजा हटाउन कांग्रेस र कम्युनिस्ट नेताहरू एक ठाउँमा आए पनि अहिले अवस्था बदलिएको र नेताहरू नै शासक बनेको उनको जिकिर थियो ।

गृह जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया स्थित विद्यालय भवनको शिलान्यास तथा स्वास्थ्य कार्यालय भवनको उद्घाटन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता साहले अहिले राजाको कुर्सीमा ठूला दलका नेताहरू विराजमान भएकाले नेपाली जनता उपेक्षित भएको बताए ।

अध्यक्ष साहले ठूला पार्टीले कार्यकर्ता पाल्न देशको ढुकुटी रित्याएको आरोप पनि लगाए ।  उनले भने -‘जुनै सरकार फेरिए पनि यो हाम्रो सरकार हो भनेर जनतालाई अनुभूति गर्न सकेका छैनन्, जनता मालिक नभएसम्म परिवर्तनको कुनै औचित्य हुँदैन ।’

देशमा सङ्घीय गणतन्त्र नामको लागि मात्र रहेको भन्दै उनले मुठीभर नेताहरूले देश लुटिरहेको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved