आत्महत्याको पनि ‘खतरनाक’ शैली आत्मदाह, किन बढ्दै छ ?

क्रूर र खतरनाक शैलीबाट आफैँलाई सिध्याउने आत्महत्याजस्तो सामाजिक विकृतिले प्रश्रय पाइरहेको छ। यसै पनि मुलुकमा आत्महत्याको डरलाग्दो तथ्याङ छ, अर्कोतर्फ आत्मदाह जस्तो भयानक खतरनाक शैली पछ्याउने बढ्दै गएका देखिन्छन्।

नेपालभ्युज

आत्महत्याको पनि ‘खतरनाक’ शैली आत्मदाह, किन बढ्दै छ ?

काठमाडौं। इतिहासमा हामीले आत्मदाह गरेर राजनीतिक र सामाजिक कुरीतिविरुद्धमा बलिदानी दिएका घटनाहरू सुनेका थियौँ।

तर, पछिल्लो समय आत्महत्याको नयाँ शैलीको रूपमा कतिपयले यो शैलीलाई अपनाउँदै जान थालेका छन्।

डेढसय वर्ष अगाडि १९२५ मा नेपालको पूर्वी पहाड भोजपुरमा जन्मिएकी योगमाया न्यौपानेले जहानिया राणा शासनको अत्याचारविरुद्ध आत्मदाह गरेकी थिइन्।

राणा शासन र महिलामाथि भएका अन्याय अत्याचार, कुसंस्कारकाविरुद्ध योगमायाले आफ्नो टाउकोमा तेलको आगोको दियो भएको प्लेट राखेर चट्टानमा चढेर आत्महत्या गरेकी थिइन्।

उनले आफूलाई मात्र जलाइनन्, ६८ जना अरू समर्थक महिलालाई लिएर आगो लगाउँदै अरुण नदीमा विलीन भइन्।

योगमायाले तत्कालीन परिवेशमा जुन बाटो लिएर विद्रोहको आवाज बोलेकी थिइन् तर आज परिवेश त्यस्तो छैन। राजनीतिक परिवर्तनले कोल्टे फेरेको छ। लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था छ।

सामाजिक रूपमा हिजोको अवस्थाबाट क्रमशः सुधारहरू भइरहेका छन्।

भलै जुन रफ्तारमा राजनीतिक परिवर्तन भएको छ सामाजिक र सांस्कृतिक परिवर्तन त्यही रफ्तारमा हुन सकेको छैन। तैपनि आफ्ना मागहरू पुरा गर्न आत्मदाह जस्तो आफैँप्रति क्र्र र अप्रिय निर्णय लिनुपर्ने अवस्था भने छैन।

फेसबुक ‘लाइभ’ गरेर आत्महत्याको प्रयास, प्रहरीले समयमै थाहा पाउँदा गायकको ज्यान बच्यो

आन्दोलनको विकल्पहरू छन्। समस्या समाधानका थुप्रै बाटाहरू छन्। तैपनि पछिल्ला दिनहरूमा विभिन्न माग र विभिन्न नाममा आत्मदाहका घटना बढ्दै गएको देखिन्छ।

सामाजिक, सांस्कृतिक आन्दोलन नभई विषेशत आत्महत्याको नयाँ विधि आत्मदाह बन्दै गएको देखिन्छ। क्रूर र खतरनाक शैलीबाट आफैँलाई सिध्याउने आत्महत्याजस्तो सामाजिक विकृतिले प्रश्रय पाइरहेको छ।

यसै पनि मुलुकमा आत्महत्याको डरलाग्दो तथ्याङ छ, अर्कोतर्फ आत्मदाह जस्तो  भयानक खतरनाक शैली पछ्याउने बढ्दै गएका देखिन्छन्।

‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे

यी हुन्, आफैँलाई जलाउनेहरू

मंगलबार यस्तै अप्रिय निर्णय लिए, इलामका प्रेम आचार्यले। व्यवसायमा सफलता नमिलेपछि र ऋण तिर्न नसकेपछि उनले संसद् भवन नयाँबानेश्वर अगाडि आफैँलाई जलाए। निकै लामो फेसबुक स्ट्याटस लेख्दै शरीरमा आगो लगाएका उनले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो दुखान्त अनुभूति लेखेका छन्। घटनाको केही समयमा उद्धार गरिएका उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।

गत १९ मंसीरमा काठमाडौंको धुम्बाराहीमा पुष्पा न्यौपानेले आत्मदाह गरिन्। इन्गेजमेन्ट तोडिएपछि उनले केटाको घर अगाडि गएर आफैलाई जलाइन्। पेट्रोल छर्किएर आगो लगाएकी उनको भोलिपल्ट कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भयो। आत्महत्या दुरुत्साहनमा मुद्दामा उनका प्रेमी सुधन सङ्ग्रौला पुर्पक्षको लागि थुनामा छन्।

गत ५ माघमा काठमाडौंको सिभिल मलमा एक युवकले गरे आत्मदाह प्रयास गरे। अन्दाजी २९–३० वर्षका विशङ लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा  आफ्नै जीउमा आगो लगाएपछि तत्काल उद्धार गरिएको थियो। उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको  उनको त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पताल उपचार भइरहेको छ।

यही वर्षको २७ साउनमा पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि एक युवतीले आत्मदाह प्रयास गरिन्। महोत्तरीकी निहारिका राजपुतका रूपमा चिनिएकी सोनालीकुमारी सिंहले आत्महत्या गर्न लाग्दा प्रहरीले  तत्काल नियन्त्रण लिन सफल भयो। धन्न उनको ज्यान बाँच्यो।

‘देश गरी खानेलाई होइन लुटी खानेलाई मात्र सहज रहेछ’ भन्दै आफैँलाई जलाए प्रेमले

१८ भदौ २०७७ मा डडेलधुरामा आफ्नै शरीरमा आगो लगाएर परशुराम नगरपालिका–११ सलेताका ४५ वर्षीय जयानन्द भट्ट घाइते भए। मानसिक समस्या रहेको उनको उपचारका क्रममा मृत्यु भयो।

२६ जेठ २०७७ मा बाँकेको कोहलपुरमा एक युवाले आत्मदाह गरे। जागिरबाट हटाएको भन्दै अछाम साँफेबगर नगरपालिका–६ भागेश्वरका सिद्धान्त आउजीले आफैँलाई पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा ज्यान गएको थियो।

१९ भदौ २०७६ मा झापामा भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए। अर्जुनधारा–६ मा रहेको एक फर्निचर उद्योगमा कार्यरत मजदुरले आफ्नै शरीरमा उनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्मदाह गरेका थिए।

२६ पुस २०७५ मा उदयपुरमा आर्थिक अभावका कारण एक बिरामीले आफैले आगो लगाएर आत्मदाह गरेका थिए। उदयपुरगढी गाउँपालिका–४ का सातबोटे शेरबहादुर कार्कीले परालको गोठमा लागो लगाएर आत्मदाह गरेका थिए। बिरामीका आफन्तलाई डाक्टरले पनि धेरै खर्च लाग्ने बताए पनि उनी बिरक्तिएका थिए।

आत्महत्या प्रोत्साहन गर्ने ‘जेल रेष्टुरेण्ट’मा प्रशासनको छापा

सामाजिक सरोकारको विषय

नेपाली समाजमा आत्महत्या विकराल सामाजिक समस्याका रूपमा देखिन थालेकोभन्दै जानकारहरूले चिन्ता व्यक्त गरेका छन्।

मनोविद् डा.अरुण राज कुँवर भन्छन् ‘‘आत्महत्यालाई एक व्यक्तिको मानसिक समस्याको उपजका रूपमा मात्रै लिनुहुँदैन। सामाजिक समस्याकै रूपमा लिनुपर्छ। यस्ता घटनाका पछाडि विद्यमान सामाजिक, आर्थिक समस्या के कसरी उत्पन्न भएका छन् र त्यसले मानिसलाई आत्महत्यातर्फ किन र कसरी प्रेरित गर्दै छ भन्ने खोजी गर्दै राज्यले त्यस्ता समस्याको सम्बोधन गर्नुपर्छ। नत्र यस्ता घटना थप बढ्दै जाने खतरा छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved