पुष्पा आत्मदाह प्रकरण– अभियुक्त सुधन संग्रौला पुर्पक्षका लागि जेल चलान

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन्। मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ। मुलुकी अपराध संहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

नेपालभ्युज

पुष्पा आत्मदाह प्रकरण– अभियुक्त सुधन संग्रौला पुर्पक्षका लागि जेल चलान

काठमाडौं। इन्गेजमेन्ट तोडिएपछिको आत्मदाह प्रकरणका मुख्य अभियुक्त सुधन संग्रौला पुर्पक्षका लागि जेल चलान भएका छन्। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका हुन्।

मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ।

मुलुकी अपराध संहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

सुधनलाई यही सजाय माग गर्ने गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। झापा पुर्ख्यौली घर भएका सुधन र बानेश्वर (नुवाकोट स्थायी घर) की २७ वर्षीया पुष्पा न्यौपानेबीच विवाह गर्ने भनेर टीकाटालो समेत भएको थियो।

‘तिमीबिना बाँच्दिनँ’ भन्नेले प्रेमिका जलेको हेरिरहे’

१७ गते सुधनको परिवारले सुपारी फिर्ता गरी एकतर्फी रूपमा इन्गेजमेन्ट तोडेका थिए । मंसिर १८ गते साँझ धुम्बाराहीस्थित सुधन संग्रौलाको घरको गेटैमा पुगी पेट्रोल खन्याएर पुष्पाले आत्मदाह गरेकी थिइन्।

पुष्पाको मृत्युपछि उनका काका उत्तम न्यौपानेले आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका थिए। घटना भएको दिन सुधनको परिवारका सदस्य घरमै भए पनि पुष्पालाई बचाउन कुनै भूमिका खेलेका थिएनन्।

पुष्पा जिउँदै जलेको घटना- अनुसन्धानविनै कसले छुटायो तीन जना आरोपीत ?

तयपछि पुष्पाको परिवारले सुधनविरुद्ध उजुरी दिएका थिए। पुष्पाका परिवारले आफ्नी छोरी जलिरहँदा पनि सुधन र उनका परिवारले बचाउने कुनसाथै पुष्पाले आत्महत्या गर्न लाग्दा नरोकेर उल्टै दुरुत्साहन गरेको आरोप लगाएका छन्।

इन्गेजमेन्ट टुटेपछि केटीले गरिन् पेट्रोल छर्किएर आत्मदाह, केटा पक्राउ

पुष्पा आत्मदाह घटना- इन्गेजमेन्ट तोड्ने सुधनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved