सिभिल मलमा एक युवकले गरे आत्मदाह प्रयास

अन्दाजी २९–३० वर्षका विशङ लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा आज दिउँसो आफ्नै जीउमा आगो लगाएका हुन्।

नेपालभ्युज

सिभिल मलमा एक युवकले गरे आत्मदाह प्रयास
प्रतिकात्मक तस्वीर ।

काठमाडौं। काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका छन्।

अन्दाजी २९–३० वर्षका विशङ लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा आज (बिहीबार) दिउँसो आफ्नै जीउमा आगो लगाएका हुन्।

देख्नेहरूले उनको तत्काल उद्धार गरेका छन्।  उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो। त्यहाँ उपचार संभव नभएपछि कीर्तिपुर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनाको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान जारी राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved